Websoft University

दादुरा रुवेला बिरुद्धको खोप लगाउन सुरु


काठमाण्डौ जेठ ३१ गते । रातो तारा डट कम,कोरोना कहरका बिच पर्वतको कुश्मा नगरपालिकामा बालबालिकालाई दादुरा रुवेला बिरुद्धको खोप लगाउन थालिएको छ । लकडाउनका कारण रोकिएको खोप कार्यक्रम पुनः शुरु भएको । कुश्मा नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कुश्मामा विभिन्न विद्यालयमा क्याम्प खडा गरि आजबाट खोप लगाउन शुरु भएको छ । कुश्मा नगरपालिका भित्र खोप लगाउने उमेर समूहका बालबालिका ३ हजार १ सय ९९ जना रहेको स्वास्थ्य संयोजक उमाकान्त सापकोटाले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीहरुले कोरोनाको त्रासका बिच पनि सुरक्षात्मक उपाय अपनाएर बालबालिकालाई खोप लगाएका छन् । पायक पर्ने ठाउँमा पुगेर खोप लगाउन नगर कार्यपालिकाले अनुरोध गरेको छ ।  






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.