Websoft University

नेपाली चलचित्रको गीतमा टिकटक प्रतियोगीता अब फाईनल चरणमा, यी हुन उत्कृष्ट दशमा पर्न सफल प्रतियोगी


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,नेपाली चलचित्रको गीतमा टिकटक प्रतियोगीता अब फाईनल चरणमा, यी हुन उत्कृष्ट दशमा पर्न सफल प्रतियोगी

नेपालमा चलचित्र क्षेत्रमै पहिलो पटक नेपाली चलचित्र फेक फ्रेण्डको गीतमा टिकटक प्रतियोगिता फिल्म लेखक, निर्माता, निर्देशक भिम लामाले शुरु गरे ।

बैशाख २३ गतेदेखि लामाले आफ्नो छैटौं चलचित्र फेक फ्रेण्डको लभ सङ ‘यो मुटु भित्र तिमिलाई सजाई राखौला‘ भन्ने गीतलाई टिकटक प्रतियोगीतामा समाविष्ट गरी उत्कृष्ट ५० छनौट गरेका थिए भने सोहि चलचित्रको अर्को गीत ‘माया तिमीलाई गर्छु म‘ बोलको गीतलाई टिकटक प्रतियोगीतामा समावेश गरी उत्कृष्ट २० पनि छनौट र सोही चलचित्रको ‘सधै तिमीलाई यी नयनले खोजि रहन्छ’ बोलको गीतबाट उत्कृष्ट दश पनि छनौट गरिसकेको लामाले बताएका छन् ।

अब १० बाट स्वईच्छाले कुनै एक चलचित्रको गीतमा अभिनय गर्नुपर्ने छ, सो अभिनय एकै साथ फेसबुक पेजमा पोष्ट गरिने र लाइक, कमेन्ट, सेयर र भ्यूको आधारमा एकजना उत्कृष्ट (टप १) छानिनेछ । टप १ हुने बिजयी प्रतियोगिले नगद रु. ११,१११ र प्रमाणपत्र सहित भिम लामाले निर्माण गर्ने कुनै एक नयाँ चलचित्रमा खेल्न पाउने अवसर पनि दिने उनको भनाई छ । लामाले लकडाउनको भरपुर सदुपयोग गर्दै कलाकार बन्न चाहने र टिकटक प्रेमिहरुलाई सुवर्ण अबसर दिएका छन ।

यसरी अबसर दिईएको चलचित्र फेक फ्रेण्डको निर्देशक स्वयं भिम लामा हुन् र यदि यो टिकटक प्रतियोगिता सम्बन्धि बुझ्न चाहनु हुन्छ भने ९८५२०६३५३४ र ९८१३६३१०१२ मा सिधै स,म्पर्क पनि गर्न सक्नुहुनेछ
यी हुन उत्कृष्ट दशमा पर्न सफल प्रतियोगीहरु –
१. गुनगुन थापा
२. जुना लामा
३. रक्षा राई
४. श्रेया शर्मा
५. अनु मगर
६. शिव + भावना भट्टराई
७. जेसिका रिजाल
८. रेष्मा वान्तवा राई+विनोद खड्का
९. मोहन छितिज
१०. कमानसिंह राई

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.