Websoft University

रंग विभेदको विरुद्ध अमेरिकाका लाखौं नागरिक आन्दोलनमा उत्रिए–४० सहरमा कर्फ्यू जारी


काठमाण्डौ जेठ २१ गते । रातो तारा डट कम, अश्वेत नागरिकको मृत्युपछि उत्पन्न परिस्थितिलाई नियन्त्रण गर्न अमेरिकाले ४० सहरमा कर्फ्यू लगाएको छ ।

अफ्रिकी मूलका एक जना अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्युपछि रंग विभेदको विरुद्ध अमेरिकाका लाखौं नागरिक आन्दोलनमा उत्रिएका छन् । जसले गर्दा स्थिति तनावग्रस्त बनेको छ भने २ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकाको मुख्य सहरहरुमा प्रदर्शन बढ्दै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरी र सेना परिचालन गर्ने बताउनुभएको छ । अफ्रिकाबाट अमेरिका आएका जर्जको मिनियापोलिस सहरमा त्यहाँका प्रहरीले गत मे २५ मा घुडाले गर्दन थिच्दा मृत्यु भएको जर्जका पारिवारिक स्रोतले बताएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.