Websoft University

संकलित रकम बिपन्न पीडित परिवारहरुलाई टोलटोलमा पुगेर बितरण


आनन्द श्रेष्ठ धरान सुनसरी । रातो तारा डट कम,कोभिड १९ कोरोना भाईरस महामारी रोगबाट पीडित  धरान उपमहानगर पालिका वडा नम्बर १७ का बिपन्न परिवारहरुलाई खाध्यन्न राहात सहयोग बितरण गरिएको छ।

धरान १७ बाट हाल UK गएर बसोबास गरी रहनु भएका ब्याक्तिहरुको समुह (DHARA -17 UK  COVID 19 ) बाट संकलित रकम बिपन्न पीडित परिवारहरुलाई टोलटोलमा पुगेर बितरण गरिएको हो।

वडाका स्वायम सेवक प्रतिनिधि पर्शुराम राई, देब बहादुर राई, मधु कुमार राई र किशोर राईलाई रु २६८०००/- (दुई लाख आठसट्ठी हजार ) पटाएको हुँदा उहाहरुले १७ नम्बर वडाका अन्य स्वायम सेवक ब्याक्तिहरु प्रेम प्रधान,रमेश खड्का, महेश श्रेष्ठ, दिपक भण्डारी, भरत शाक्य, सनिम राई, जय कुमार राई र धन कुमार राई समेतको सहयोगमा वडाका टोलटोलमा पुगेर  बिपन्न परिवारहरुको पहिचान गरी प्रती परिवार २० केजीको दरले राहात चामल आज बितरण गर्नु भयो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.