Websoft University

पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजमा अनलाईनबाट संक्रमितको भर्ना


विराटनगर, २५ जेठ । रातो तारा डट कम, मोरङ सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्रमा संक्रमितको भर्ना अनलाईन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । 

संक्रमितहरु अस्पतालमा आएर भर्ना हुन समय लाग्ने गरेको भन्दै उहाँले संक्रमित भर्ना हुनुअघि अनलाईनबाट वेड बुक गर्न सक्ने प्रवन्ध गरिएको मन्त्री घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो,‘ संक्रमितले वेड वुक गरेपछि वेड नं. र वेडको लोकेसनका आधारमा भर्ना हुनेछन् ।’ संक्रमण देखिएको स्थानबाट एम्वुलेन्सले अस्पताल ल्याएर छाड्ने र संक्रमित सोझै वेडमा पुग्ने गरिको व्यवस्थापन मिलाईएको मन्त्री घिमिरेले बताउनुभयो । 

अनलाईन भर्नाका लागि नेपाली सेना, पूर्वाञ्चल विश्वविद्यालय मेडिकल टिम र सामाजिक विकास मन्त्रालयबाट व्यस्थापन टिम तयार गरिएको छ । सोही टिमले अनलाईन भर्नाको व्यवस्थापन गर्ने भएको छ । कोरोना उपचार केन्द्रको बाहिरी व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिईएको छ ।

सुन्दहरैचामा संक्रमितको उपचार शुरु भएपछि आज सामाजिक विकास मन्त्री घिमिरे, मन्त्रालयका अस्पताल महाशाखा प्रमुख सागर प्रसाई लगायतले अनुगमन गर्नुभएको छ । मन्त्री घिमिरेले पूर्वाञ्चल विश्वविद्यालय मेडिकल संकायका डिन डा.शैलेश पोखरेल, नर्सीङ क्याम्पस प्रमुख कविता अधिकारी, नेपाली सेनाका मेजर, अस्पताल प्रशासन प्रमुखसँग छलफल गर्नुभएको छ । 

छलफलमा अस्पतालमा तत्काल आवस्यक देखिएका समस्याहरु भोली भित्रमा समाधान गरिने निर्णय भएको छ । 

शुक्रबार देखि सञ्चालनमा आएको सुन्दरहरैचाको कोरोना उपचार केन्द्रमा आज सम्म ५२ जना उपचाररत रहेका छन् । उपचार केन्द्रमा अहिले ७४ वेड तयार गरिएको छ । सामाजिक विकास मन्त्री घिमिरेले थप ५१ वेडको तयारी गर्न निर्देशन दिनुभएको छ ।  ५१ वेड थपिएपछि सुन्दरहरैचामा १ सय २५ वेड तयार हुने छ । 

संक्रमितको उपचारमा पूर्वाञ्चल विश्वविद्यालयका स्वास्थ्यकर्मी खटिएका छन् । सामाजिक विकास मन्त्रालयले समग्र व्यवस्थापकीय र चिकित्सकीय कामका लागि मेडिकल अफिसर डा. रोहित भण्डारी र अधिकृत धरणी निरौलालाई खटाउने भएको छ । मन्त्रालयले अस्पतालमा २४ सै घण्टाका लागि एउटा एम्वुलेन्सको पनि प्रवन्ध गर्ने भएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.