Websoft University

धाईजनमा ३० वेडको उपचार केन्द्र सञ्चालनको तयारी


विराटनगर, ४ असार । रातो तारा डट कम, झापाको मेची नगरपालिकाले तयार गरेको कोरोना संक्रमितको उपचार केन्द्र सञ्चालनको तयारी गरिएको छ । 

प्रदेश सरकारको निर्णय अनुसार नगरपालिकाले तयार गरेको आईसोलेसन उपचार केन्द्रको सामाजिक विकास मन्त्री घिमिरे, प्रदेश सांसद बसन्त बानियाँ लगायतले अनुगमन गर्नु भएको छ । 

३० वेठको आईसोलेसन उपचार केन्द्र शुक्रबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । उपचार केन्द्रका लागि आवस्यक वेड लगायतका सामाग्री व्यवस्थापनको काम भोली सम्ममा सम्पन्न गरिने नगर प्रमुख विमल आचार्यले बताउनुभयो ।

सो उपचार केन्द्रका लागि प्रदेश सरकारले १० लाख रुपैयाँ प्रदान गरेको छ । उपचार केन्द्र सञ्चालन पुर्व स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिने मन्त्री घिमिरेले बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.