Websoft University

कोरोना सङ्क्रमित २४ घण्टामा ४ सय २६ जना थपिए


काठमाण्डौ असार ५ गते । रातो तारा डट कम,२४ घण्टायता नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । थपिएका मध्ये ८८ जना महिला हुन् भने ३ सय ३८ जना पुरुष रहेका छन् । आज थपिएका सहित नेपालमा सङ्क्रमितको संख्या ८ हजार २७४ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिनुभयो । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा सङ्क्रमण देखिएको छ । नेपालमा हालसम्म २२ जनाको भने कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । १ हजार ४ सय २ जना भने उपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या २ सय १६ रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.