Websoft University

प्रदेश १ बाट १० जना डिस्चार्ज


विराटनगर, ५ असार । रातो तारा डट कम, प्रदेश १ बाट आज १० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत १० जना डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा खोटाङका ३, सुनसरीका ३, उदयपुरका २ र मोरंगका २ रहेका छन् । डिस्चार्ज हुनेमा ४ महिला र ६ पुरुष २१ देखि ४० वर्ष उमेर समूहका रहेका छन् । आज डिस्चार्ज भएकाहरु जेठ २१ देखि २५ गते सम्म अस्पतालमा भर्ना भएकाहरु रहेको कोशी अस्पताल कोभिड उपचार केन्द्र व्यवस्थापन समितिका सदस्य ध्रुव उरावलेजानकारीदिनुभयो।

१० जना डिस्चार्ज भएपछि प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ सय ३४ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ४ सय २२ रहेको छ । आज झापाको दमक र मोरंगको बुढीगंगामा १÷१ जना थपिएका छन् । विराटनगर, सुन्दरहरैचा र धरानमा अहिले १ सय ८८ जना उपचाररत छन् । 

कोशी कोभिड अस्पताल विराटनगरमा २५ जना, पूर्वाञ्चल विश्वविद्यालय आईसोलेसन सेन्टर सुन्दरहरैचामा ८५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ७८ जना उपचाररत रहेका छन् । आज संक्रमण देखिएका दुवै जनालाई विराटनगर ल्याईएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.