Websoft University

बजेटका बारेमा उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने



काठमाण्डौ जेठ २८  गते । रातो तारा डट कम,आगामी आर्थिक वर्ष २०७७÷८८ को बजेटका बारेमा सांसदले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आज जवाफ दिनुहुने भएको छ । 

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेपछि बस्दैछ । प्रधानमन्त्री ओलीले विनियोजन विधेयक अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शिर्षकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो । 

सभामुख अग्नि सापकोटाले सांसदहरूबाट प्रस्तुत भएका खर्च कटौती प्रस्ताव निर्णयार्थ पेश गर्ने, अर्थमन्त्री डा. युवराज खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने, अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (चौबिसौँ संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने लगायतका कार्यसूची आजका लागि रहेको संसद सचिवालयले जनाएको छ ।  



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.