Websoft University

बर्खा सुरु हुन अझँै केही समय लाग्ने


काठमाण्डौ जेठ २८  गते । रातो तारा डट कम,सामान्यतया आज अर्थात् जुन १० तारिखमा नेपालमा मनसुन सुरु हुनुपर्ने भए पनि यसपाली बर्खा सुरु हुन अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार नेपालमा सामान्यतया जुन १० तारिखमा मनसुन सुरु हुने गरेको भए पनि यसपटक १ हप्ताभित्र मनसुन सुरु हुने अनुमान रहेको बताउनुभयो । मनसुन सुरु हुनाका लागि नेपालको पूर्वी भूभागमा दक्षिण–पूर्वी हावा चल्नुपर्ने जानकारी दिँदै उहाँले धेरै प्रक्रिया पूरा भइसकेको भए पनि मनसुन नै देखिन एक हप्ता लाग्ने बताउनुभयो । यस वर्ष औसत वर्षा हुने अनुमान गरिएको महाशाखाले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.