Websoft University

उदयपुरमा आईतबार थप ३ जनामा कोरोना संक्रमीत भेटिए


श्याम राई-गाईघाट जेष्ठ २५ गते । रातो तारा डट  कम, उदयपुरमा आईतबार थप ३ जनामा कोरोना संक्रमीत भेटिएकाछन।जिल्लाको वेलका नगरपालिकामा ३५ वर्षिय पुरुष र ३४ वर्षिया महिला र चौदण्डी नगरपालिका मा ३२ वर्षिय एक जना पुरुष मा कोरोना संक्रमित देखीएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदि ले वताए । 

वेलकामा भेटीएका पुरुष र महिला श्रीमान श्रीमती हुन । उनीहरु सवै जना भारत बाट आएको हुन । उनीहरु नेपाल आए लगतै सम्वन्धित नगरपालीका ले क्वारेन्टीनमा राखेको थियो। नया संक्रमीत भेटीए संगै जिल्लामा संक्रमीत को संख्या ३६ पुगेको छ । 

उनीहरु को ५ दिन अघि स्वाब संकलन गरी परिक्षण को लागी काठमाण्डौ लगीएको थियो । ३ सय ८३ जना को स्वाब संकलन गरी लगीएकोमा अन्यको रिपोर्ट आउन बाकि रहेको प्रमुख सुवेदी ले वताए । 

वेलका, त्रियुगा, चौदण्डी, कटारी नगरपालीका र लिम्चुङवुङ गाउपालीका गरी ५ वटा स्थानिय तह  मा स्वाब संकलन गरी काठमाण्डौ पठाईएको प्रमुख सुवेदी ले बताए । तिनै जना संक्रमित लाई एम्बुलेन्स मार्फत  धरान लैजाने तयारी भैरहेको उनले बताए । 

पहिलो पटक एक संचारकर्मी मा कोरोना संक्रमण देखिएको २३ दिन पछि एकै पटक थप ३ जनामा संक्रमण  देखिएकोे
हो । स्थानिय प्रशासन ले कोरोना संक्रमणका  नया बिरामी देखिन छाडे पछि जिल्लामा विहान ६ वजे देखि  ११ वजे सम्म वजर, पसल खोल्न अनुमती दिएका थिए । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.