Websoft University

कोरोना भाइरस विरुद्धको खोपको मानिसमा परीक्षण सुरु



काठमाण्डौ असार १२ गते । रातो तारा डट कम,बेलायतको अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोना भाइरस विरुद्धको खोपको मानिसमा परीक्षण सुरु भएको छ । ब्राजिल र दक्षिण अफ्रिकामा दुई हजार स्वयंसेवीहरुलाई हिजै कोरोना भाइरसको विरुद्धको खोप दिइएको हो । 

बेलायतको अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिक र एस्ट्रेजेनेका औषधि उद्योगले मिलेर खोपको विकास गरेका हुन् । ब्राजिलको साओ पालो स्थित फेडरेल यूनिभर्सिटीका अध्ययनकर्ताहरुले खोपको डोज स्वयंसेवीहरुलाई दिएका हुन् । ब्राजिल र अफ्रिकी मुलुकमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएकाले यसको परीक्षण ती मुलुकमा गरिएको हो । 

परीक्षण्मा सहभागि भएकामध्ये केही एचआईभी संक्रमित पनि छन् । उनीहरुमा कोरोना विरुद्धको खोप दिइसकेपछि १२ महिनासम्म निगरानमा राखिनेछ र कोभिड १९ को रोगबाट बचाउनमा खोप कति उपयोगी हुन्छ भन्ने कुराको पत्ता लगाइनेछ । यस्तै बेलायतमा पनि कोरोना भाइरस विरुद्धको खोपको परीक्षणमा मानिसमा गर्ने तयारी भएको छ । बेलायतको इम्पेरियल कलेजमा ३ सय मानिसहरुमाथि कोरोना विरुद्धको खोपको परीक्षण गरिने भएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.