Websoft University

दुग्धजन्य पदार्थमा ५ प्रतिशतसम्म छुट दिने



काठमाण्डौ असार १२ गते । रातो तारा डट कम,लकडाउन अर्थात् बन्दाबन्दीका कारण दूध तथा दुग्धजन्य पदार्थको बिक्रीमा कमी आउँदा मौज्दातमा वृद्धि भएकाले सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डिडिसी) ले घ्यु, नौनी र धुलो दूधको मूल्य घटाएको छ । यही असार ३ गतेदेखि घ्युमा प्रतिलिटर २० रुपैयाँ, नौनीमा ८० र धुलो दूधमा १० रुपैयाँ छुट दिइएको छ । घ्युको खुद्रा मूल्यसँगै थोक मूल्यमा एकदेखि पाँच प्रतिशतसम्म छुट दिइएको डिडिसीका सूचना अधिकारी राजेन्द्र अधिकारीले सीआइएनलाई जानकारी दिनु
भयो । छुट डिडिसीका बिक्री केन्द्र लैनचौर, खुमलटार, नयाँ सडक तथा आयोजना केन्द्रबाट खरीद गर्दा मात्र पाइने जनाइएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.