Websoft University

अङ्गीकृत नागरिकता सात वर्षपछि दिने निर्णयको राष्ट्रिय जनमोर्चाद्वारा समर्थन गर्यो



काठमाण्डौ असार ९ गते । रातो तारा डट कम,नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि अङ्गीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको निर्णयको राष्ट्रिय जनमोर्चाले स्वागत गरेको छ । आज विज्ञप्ति जारी गर्दै उक्त पार्टीले यो प्रस्ताव अब संसदबाट पनि पारित हुनुपर्ने जनाएको हो । 

हिजो प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी विधेयकमा नेपाली नागरिक पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिने व्यवस्थामा बहुमतबाट सहमति जुटाएको थियो । उक्त विषयमा नेपाली कांग्रेस, मधेस केन्द्रित जनता समाजवादी पार्टी (समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी), नेपाल मजदुर किसान पार्टी र नेकपाकै मधेसबाट प्रतिनिधित्व गर्ने केही सांसदले विरोध जनाइरहेका बेला राष्ट्रिय जनमोर्चाले भने स्वागत गरेको हो । 

सात वर्षपछि पनि विदेशी महिलाले आफ्नो पहिलेको देशको नागरिकता हटाउन प्रक्रिया सुरु गर्नेवित्तिकै नागरिकता दिन नहुने भन्दै त्यागिसकेपछि मात्र दिनुपर्ने राष्ट्रिय जनमोर्चाले जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई भने नागरिकता दिन नहुने बताउनुभएको छ । 

नागरिकता नीति खुकुलो पार्नु भनेको देशको राष्ट्रियता र सार्वभौमिकताविरुद्ध हुने पनि राष्ट्रिय जनमोर्चाको तर्क छ । पार्टीले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा असार नौ गते विभिन्न ११ दलको तर्फबाट सडक प्रदर्शन गर्ने पनि विज्ञप्तीमार्फत जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.