Websoft University

इनरुवाको हनुमान बस्त्रालयमा भीषण आगलागी -निभाउने कार्य जारी


बिराटनगर जेठ ३२ गते । रातो तारा डट कम,सुनसरीको इनरुवामा अहिले भिषण आगालागी भईरहेको छ । इनरुवा बजारमा रहेको हनुमान बस्त्रालय र सृजना फाईनान्समा भिषण आगलागी भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

विहान ५ बजेबाट सुरु भएकाेे आगलागी अहिले सम्म नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणका लागि इटहरीको दमकलले प्रयास गरिरहेको प्रहरीले बताएको छ । आगलागीको कारण खुल्न सकेको छैन । थप विवरण आउन बाँकी ।

आगलागी भएको करिब एक घण्टापछि मात्र इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका दमकल आएकाले दुवै भवनमा रहेका सम्पुर्ण सरसामानहरु पुर्ण रुपमा जलेर नष्ट भएका छन ।

दमकलले आगलागी नियन्त्रणका लागी पानीको फोहोरा भित्रसम्म फया्क्न नसकेपछि ईस्काभेटरले घर भत्काएर आगलागी नियन्त्रणको प्रयास थालिएको छ ।

हनुमान बस्त्रालय पुर्ण रुपमा जलेर नष्ट भएकाले र सृजना फाईनान्स रहेको भवनमा माथिल्लो तलाबाट आगो सुरु भएकाले नियन्त्रणमा कठिनाई भएको हो ।

इनरुवा नगरपालिकाकाे बारुणयन्त्र बिग्रिएर थन्किएकाले बाहिरबाट बारुणयन्त्र अाउदा तत्काल नियन्त्रण हुन नसकेकाे हाे

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.