Websoft University

सुन्दरहरैंचामा रहेको सृजना सामुदायिक बन उपभोक्ता समुहले गर्यो वृक्षा रोपण कार्यक्रम


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,अहिले बैज्ञानिक वन ब्यबस्थापन सम्बन्धि धारणाहरु आएपछि मोरंगमा वृक्षारोपण गर्न थालिएको छ, जसमा जंगल जोगाउनु पर्छ भन्ने भावनात्मक कुरा ठिकै पनि हो , तर बैज्ञानिक बन बनाउनु भनेको जंगल मास्नु होइन अझै व्यबस्थित ढंगले वनको संरक्षण र सम्बर्द्धन गर्नु हो ।

यस्तै सुन्दरहरैंचा नगरपालिकाको वडा ७ मा रहेको सृजना सामुदायिक बन उपभोक्ता समुहले बर्षे पिच्छे गर्दै आएको वृक्षारोपण कार्यक्रमले पनि यस वर्ष निरन्तरता पाएको छ। 

मोरङको सुन्दरहरैंचा नगरपालिका-७ मा रहेको सृजना सामुदायिक बन उपभोक्ता समुहले बर्षै पिच्छे गर्दै आएको बृक्षारोपण कार्यक्रम यो बर्ष पनि शनिबार वृक्षा रोपण गर्दै सम्पन्न गरेको छ ।२०६० सालदेखी सृजना सामुदायिक बन उपभोक्ता समितिको स्थापना भएपछी अहिले १ हजार २ सय उपभोक्ता सो समुहमा रहेको छ। सामुदायिक बनमा  २०६५ सालदेखि हालसम्म भक्ती प्रसाद सिटौलाले अध्यक्षता समाल्दै आएका छन्। 

बैज्ञानिक बन ब्यबस्थापान र अवधारणा आएपनी अहिले मोरङको बनमा बृक्षारोपण कार्य गरेको देख्न सकिन्छ।झन्डै १ हजार बिघामा फैलिएको सृजना  सामुदायिक बनमा ४ बटा प्लट रहेको छ। प्रत्येक वर्ष रोप्दै आएको बृक्षारोपण कार्यक्रममा हाल सम्म १४ हजार बोट १४ बिघामा बृक्षारोपण गरेको समुदायिक बन उपभोक्ता समितिका अध्यक्ष  सिटौलाले जानकारी दिए।उपभोक्ताबाट मासिक रुपमा ५० रुपैयाँ उठाएर निगरानिमा वनको संरक्षण सम्बर्दन गर्दै आएको अध्यक्ष सिटौलाले बताएका छन्। 

पुरानो रुखहरु कटान गरेर यो बर्ष ३ बिघा क्षेत्रफलमा सामुदायिक बनको आफ्नै खर्चमा घेराबार गरेर सलकपुर सब-डिभिजन बन कार्यलायबाट नि:शुल्क १ हजार जामुन र १ हजार सतीसाल गरि २ हजार सामुदायिक बनलाई बितरण गरेको सब-डिभिजन बन कार्यलय सलकपुरका बन अधिकृत लालबहादुर माझीले बताए।

त्यसैगरी मोरङमा सामुदायिक तथा साझेदारी बनहरुले १६ स्थानबाट ८ लाख बिरुवा उत्पादन गरेर रोप्ने डिभिजन बन कार्यलय मोरङका अधिकृत बिशाल घिमिरेले बताएका छन्। 

उक्त वृक्षा रोपण कार्यक्रममा जनप्रतिनिधि साथै समाजसेवी लगायतको उपस्थिति रहेको थियो।वृक्षारोपण गरेर मात्र होइन बिरुवालाई मलजल गरि हुर्काउन उतिकै मेहनत  पनि उतिकै चाहिन्छ। 

बर्षे पिच्छे सामुदायिक बनले गरेको कृत्रिम बृक्षारोपण कार्यले बनको संरक्षण र  प्राकृतिक स्वरुपको सुन्दरता बढ्न सक्छ। अर्को तर्फ भने बन तस्करीका घट्नामा न्यूनीकरण गर्न र बन संरक्षण गर्न स्थानिय उपभोक्ताको नै महत्वपूर्ण भूमिका रहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.