Websoft University

कोरोना नियन्त्रणमा प्रभाबकारी भूमिका खेल्न नसकेको काँग्रेसको आरोप, प्रधानमन्त्रीलाइ ध्यानाकर्षण पत्र

  
काठमाण्डौ असार ३ गते । रातो तारा डट कम,कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भुमिका खेल्न नसकेको भन्दै प्रमूख प्रतिपक्षी दल काँग्रेसले प्रधानमन्त्री केपि शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । प्रमुख सचेतक बालकृष्ण खाँडको नेतृत्वमा काँग्रेस सांसदहरु ध्यानाकर्षण पत्र बुझाउन आज बालुवाटार पुगेका थिए ।

उनीहरुले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्ने लगायतका माग राखेका थिए । ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो गरेसँगै कोरोनाको जोखिम बढेको बताउनुभएको काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सीआईएनलाइ जानकारी दिनुभयो । 

यसका लागि अब सबै दलहरु मिलेर सचेतना बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । प्रधानमन्त्री ओलीले भारतबाट आएकाहरुलाई राखिएको स्थानीय तहका क्वारेन्टाइनमा कमजोरी भएको स्वीकार गर्नुभयो । नेपालमा कोरोना नियन्त्रणमै रहेको अवस्थामा भारतबाट ठूलो संख्यायामा मानिसहरु फर्किएपछि समस्या भएको प्रधानमन्त्रीको भनाई छ । 

आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेपछि विस्तारै मानिसहरु आउलान् र व्यवस्थित गर्न सकिएला भन्ने सोचेको तर बाढीजसरी एकै पटक मानिसहरु आउँदा समस्या भएको उहाँले बताउनु भयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.