Websoft University

चुरे दिवसको अवसरमा नयाँ वृन्दावन गौशाला क्षेत्रमा वृक्षारोपण


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको छठौं वार्षिक उत्सवको अवसर पारेर मोरगंको सुन्दरहरैचा ५मा रहेको नयाँ वृन्दावन गौशाला क्षेत्रमा वृक्षारोपण गरिएको छ ।

पछिल्लो समयमा प्रदेस नम्बर १का एक महत्वपुर्ण धार्मिक पर्यटकीय स्थलका रुपमा विकसीत वन्दै आएको बुढी खोला किनारामा अवस्थित नयाँ वृन्दावन क्षेत्रमा चुरे दिवसका अवसरमा विभिन्न जातका ३२सय विरुवाहरु रोपिएको हो ।

राधेश्याम सेवा ट्रस्ट र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति सलकपुर इकाईको संयुक्त आयोजनामा चुरे दिवसको अवसर पारेर वृक्षारोपण गरिएको राधेश्याम सेवा ट्रस्ट नयाँ वृन्दावनका संरक्षक दिनवन्धु शास्त्रीले वताए ।  वुढी खोला कटान नियन्त्रणमा समेत सहयोग पुग्ने गरी वृक्षारोपण गरिएको शास्त्रीले जानकारी दिए ।

चुरे संरक्षणका लागि विभिन्न कार्यहरु गर्दै आएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति सलकपुर इकाईले यो वर्ष देखि आफैले विभिन्न कार्यक्रम गर्न थालेको प्रमुख भिम कालीकोटेले वताए ।

उनले समितिले तटवन्ध निर्माण , पहिरो नियन्त्रण ,वृक्षारोपण लगायतका कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।
वृन्दावनमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति सलकपुरको अनुदान सहयोग एक लाख ५८हजार ४सय र उपभोक्ताको तर्फबाट ३२हजार ८सय ५५ रुपौया गरी कुल एक लाख ५१हजार २सय ५५ रुपौयाको लागतमा बुढी खोला किनारमा हरित पेटिका निर्माण, वृक्षारोपणका साथै विरुवा संरक्षणका घेरावारा लगाउने कार्य गरिने जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.