Websoft University

भक्तपुरका ६ जना बालकको उद्धार


काठमाण्डौ असार ३  गते । रातो तारा डट कम,भक्तपुरमा सडकमा भेटिएका ६ जना बालकको उद्धार गरिएको
छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तरगतको राष्ट्रिय बाल अधिकार परिषदले बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा भक्तपुरको कमल विनायकबाट ५ जना र ठिमीबाट १ जना गरी ६ जना बालकको उद्धार गरिएको हो । उद्धार गरे लगत्तै उनीहरुको पुनस्र्थापना केन्द्रमा व्यवस्थापन गरिएको  राष्ट्रिय बाल अधिकार परिषदका  प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । लकडाउनका बेला भक्तपुरमा पनि सडकमा बालकहरु बेवारिसे अवस्थामा भेटिएको खवर आउने वित्तिकै मन्त्री पार्वत गुरुङले तत्काल उनीहरुको उद्धार गरी व्यवस्थापन गर्न परिषदलाई निर्देशन दिनुभएको थियो । त्यसलगत्तै सडकमा भेटिएका ती बालकहरुको उद्धार गरी संरक्षणका लागि आवश्यक व्यवस्था परिषदले मिलाएको हो । लकडाउनको अवधिमा काठमाडौं उपत्यका भित्र ४१ जना र उपत्यका बाहिर ३२ जना गरी जम्मा ७३ जना सडकमा बेवारिसे अवस्थामा भेटिएका बालबालिकाको उद्धार गरी संरक्षणको व्यवस्था मिलाइएको परिषदले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.