Websoft University

नेकपा सचिवालय बैठक आज बस्दै


sf7df08f} h]7 #@ ut] . /ftf] tf/f 86 sd,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । आजको बैठकमा एमसीसी परियोजनाबारे छलफल हुने नेताहरूले बताएका छन् । बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो । आजको बैठकबाट एमसीसीको विषय टुंगो लगाउने नेकपाको तयारी छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन नेकपामाथि दबाव परेको छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी देखिन्छ । पार्टीले गठन गरेको कार्यदलले पनि एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.