Websoft University

स्पेनमा पर्यटकका लागि बाटो खोलियो तर खतरा भने टरेको छैन


काठमाण्डौ असार ८ गते । रातो तारा डट कम,स्पेनमा विदेश यात्राका लागि बाटो खुला गरेको छ । स्पेन सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिवन्ध खुला पारेको जनाएको छ । कोरोना भाइरसको महामारीका कारण प्रभावित बनेको स्पेनले हाललाई युरोपीय संघ, शेञ्जेन क्षेत्र र बेलायतका नागरिकलाई मात्रै आफ्नो देशमा आउन दिने भएको छ । बीबीसी नेपाली सेवाका अनुसार स्पेन आउने सबै नागरिकको ज्वरो नाप्ने र कोरोनासँग सम्बन्धीत जानकारी लिइने छ । झन्डै तीन महिनापछि स्पेन सरकारले विदेशी पर्यटकका लागि यात्रा प्रतिवन्ध खुकुलो गरेको हो । स्पेनमा हालसम्म कोरोना भाइरसका कारण दुइ लाख ४५ हजार मानिस संक्रमित भएका छन् भने २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.