Websoft University

रौतामाई गाउपालिकाले आगामी वर्षको लागी ४७ करोड ४० लाख ६५ हजार रुपैयाको अनुमानीत वजेट वुधवार पारीत गरेका छ


श्याम राई-गाईघाट ११ असार । रातो तारा डट कम,गरिव लाई च्यादर, सुत्केरी लाई कोशेली जस्ता कार्यक्रम घोषणा गर्दै उदयपुरको रौतामाई गाउपालिकाले आगामी वर्षको लागी ४७ करोड ४० लाख ६५ हजार रुपैयाको अनुमानीत वजेट वुधवार पारीत गरेका छ । 

गाउसभा बाट पारीत वजेट ले योजना तथा पुर्वाधार विकास लाई पहिलो पा्रथमिकता मा राखेको छ । पुर्वधार विकास तर्फ ७ करोड ७८ लाख वजेट विनियोजीत गरीएको छ भने दोसो्रं पा्रथमीकता आर्थिक विकास लाई राखिएको छ । आर्थिक बिकास तर्फ १ करोड ८२ लाख विनियोजीत गरीएको गाउपालीका का प्रशासकिय अधिकृत खम्ब राज राईलेबताए ।

त्यसै गरी सामाजिक विकास तर्फ १ करोड ६८ लाख ९० हजार, वाताबरण तथा विपद तर्फ १ करोड ३० लाख , समपुरक कोषको लागि १ करोड २० लाख, कोभिड १९ नियन्त्रण को लागी १ करोड ११ लाख , सडक मर्मत को लागी ५० लाख वजेट विनीयोजीत गरीएको उनले बताए । 

त्यसैगरी विदेस वाट फर्किएर आएकोहरुको लागी युवा स्वरोजगार कार्यक्रम को लागी ५० लाख, गरीव विपन्न परिवार को छानो विस्तार गरी ४ वण्डल को दरले जस्तापाता दिने कार्यक्रम संचालनमा ३० लाख , विपन्न ,दलित, आगलागी प्रकोप मा परेका परिवार लाई ४ वण्डल को दरले जस्तापाता उपलब्ध गराउन ३० लाख को वजेट विनियोजीत गरीएकोछ । गाउपालीका ले विगत देखी नै संचालनमा ल्याएको लोकप्रिय कार्यक्रम सुत्केरी महिला लाई गाउपालीका का उपाध्यक्ष कोसेली कार्यक्रम को लागी आगामी वर्ष को लागी ५ लाख, गाउपालीका अधक्ष्य विशेष सम्वोधन कार्यक्रम को लागी १० लाख रुपैया विनियोजीत गरीएको छ । 

जिल्लाको ८ वटा स्थानिय तह मध्ये रौतामाई र ताप्ली गाउपालीका ले मात्र योजना सहितको पुर्व वजेट ल्याएको छ । त्रियुगा, चौदण्डी, वेलका नगरपालीका र लिम्चुङवुङ गाउपालीका ले अनुमानित वजेट सहित नीती तथा कार्यक्रम मात्र ल्याएकाछन । कटारी नगरपालीका ले भने मेयर ज्ञानेन्द्र श्रेष्ठ विरामी भएको कारण पाचौ नगर सभा स्थगीत गरेकोछ ।  उदयपुरगढी गाउपालीका को गाउ सभा वर्षाको कारण हुन सकेन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.