Websoft University

नेपालमा आज कोभिड १९, सङ्क्रमितको संख्या ११ हजार नाघ्यो


 काठमाण्डौ असार ११ गते । रातो तारा डट कम,नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमित जानकारी दिने क्रममा २२ वटै पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय  ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४ सय ३४ जना थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ११ हजार एक सय ६२ पुगेको बताउनुभयो । यस्तै प्रवक्ता डा गौतमले पछिल्लो २४ घन्टामा ३ सय १२ जना कोरोना सङ्क्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिनुभयो  । 

योसँगै नेपालमा कोरोना सङ्क्रमित भएकामध्ये स्वस्थ हुनेको सङ्ख्या २ हजार ६ सय ५० पुगेको पनि उहाँले बताउनुभयो ।  रसुवा बाहेक सबै जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको छ । यस्तै पाटन अस्पताल ललितपुरमा एक जना र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना गरि २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.