Websoft University

पछिल्लो २४ घण्टामा ५ सय ३८ सङ्क्रमित थपिए–नेपालमा सङ्क्रमितको सङ्ख्या १० हजार नाघ्यो


काठमाण्डौ असार ९ गते । रातो तारा डट कम,आज ५ सय ३८ कोरोनाका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय ३८ सङ्क्रमित थपिएको जानकारी दिनुभयो । सो संख्या थपिएसँगै आजसम्म कुल सङ्क्रमितको सङ्ख्या १० हजार ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । आज डिस्चार्ज हुनेमा ६८ पुरुष र ८ महिला छन् । यो सहित हालसम्म २ हजार २ सय १८ जना निको भएर घर फर्किएका छन् । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.