Websoft University

लकडाउनमा महिला हिंसा बढ्या–मन्त्री पार्वत गुरुङ


बिराटनगर जेठ २७  गते । रातो तारा डट कम,कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएको लकडाउनका क्रममा घरेलु हिंसा, महिला हिंसा बढेका पाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले संसद बैठकमा बताउनुभएको हो ।

प्रतिनिधिसभामा मन्त्रालयको आगामी आर्थिक वर्षको विनियोजित बजेट तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले महिला हिंसाका घटना बन्दाबन्दीका क्रममा मात्रै नभएका बताउनुभयो । त्यस्ता घटनामा न्यूनिकरण ल्याउनका लागि मन्त्रालयले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएको उहाँले बताउनुभयो । 

महिला हिंसा र घरेलु हिंसाका घटनाबारे मन्त्रालय र सरकारी नियकालाई सूचना प्राप्त नभएको हुनसक्ने र त्यस्ता घटनाबारे सूचना दिन पनि मन्त्री गुरुङले सवैलाई आग्रह गर्नुभयो । कांग्रेस सांसद उमा रेग्मीले निर्मला पन्तको बलात्कार र हत्याबारे मन्त्रालयले के गरेको छ भन्ने प्रश्नको जवाफ दिन भने मन्त्री गुरुङले अस्विकार गर्नुभएको छ । 

उहाँले उक्त प्रश्न संसदमा जहिले पनि उठिरहने र त्यसको जवाफ दिन आफू रोष्ट्रममा नउभिएको बताउनु  भयो । निर्मला पन्तमाथि भएको घटना अरुमाथि नहोस् भन्नका लागि मन्त्रालय र सरकारले कानुन बनाइरहेको मन्त्री गुरुङको भनाइ थियो । अन्य मन्त्रीहरुले पनि आ आफ्नो मन्त्रालयका बिषयमा उठेको प्रश्नको जवाफ दिइरहेका छन् । सबै मन्त्रालयको जवाफ सकेर आजै आउँदो बर्षको बजेट पारित गर्ने तयारी छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.