Websoft University

नेपालमा कोरोना संक्रमितको संख्या आज ३,७ ६२ पुग्यो


बिराटनगर जेठ २६ गते । रातो तारा डट कम,नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा आज थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । 

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको जानकारी दिनुभयो । नेपालमा हालसम्म ४ सय ८८ जना उपचारपछि निको भएका
छन् । आज थप २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो पटक बाँकेको खजुरास्थित कोभिड अस्तपालबाट २० जना संक्रमणमुक्त भएका छन् भने कोभिडि युनिफाइड अस्पतालबाट एक जना निको भएर फर फर्किएका हुन् । बाँकेबाट डिस्चार्ज हुने सबै नरैनापुर बाँकेका हुन् । 

हालसम्म १४ जनाको भने कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।  प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.