Websoft University

सुन्दरहरैंचामा प्रगति महिला समाजद्वारा क्रिष्टलका गहना बनाउने तालिम सम्पन्न !


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,प्रगति महिला समाजको आयोजनामा मोरङको सुन्दरहरैंचामा १५ दिने क्रिष्टलका गहना बनाउने तालिम सम्पन्न भएको छ । 

प्रदेश–१ का सांसद् चुमनारायण तवदारको कोषबाट सुन्दरहरैंचा नगरपालिकाका २५ जना महिलाहरुका लाति १५ दिनसम्म तालिम सञ्चालन गरिएको हो । सो तालिमको समापन कार्यक्रम गरि आज तालिममा सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । 

राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रदेश सांसद् चुमनारायण तवदार, सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङ, सुन्दरहरैंचा–४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, वडा नम्बर ३ का वडाध्यक्ष जीवन ढुंगाना, वडा नम्बर ६ का जीवनकुमार राई लगायतको आतिथ्यता रहेको थियो । 

तालिममा सहभागिहरुलाई प्रमुख अतिथि रायमाझी, विशिष्ट अतिथि तबदार र उपप्रमुख तामाङ लगायतले प्रमाणपत्र प्रदान गर्नुभयो । तालिममा सहभागि भएकामध्ये कृषा लिम्बू र संगीता पोखरेललाई उत्कृष्ट घोषित गरि पुरस्कृत समेत गरिएको थियो । 

कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले महिलाहरुलाई आयमुलक तालिम दिएर आय आर्जनमा लागउनु पर्नेमा जोड दिनुभयो । यस्तै प्रदेश सांसद तवदारले आगामी दिनमा पनि आफुले महिलाहरुका लागि आय आर्जन गर्ने कार्यक्रममा लगानी गर्न तयार रहेको बताउनुभयो।

यसैगरि उपप्रमुख तामाङले महिलाहरुले सिकेको शीपलाई सदुपयोग गर्नुपर्ने भन्दै अन्य सहयोग गर्न नगरपालिका तयार रहेको प्रतिवद्धता जनाउनुभयो । तालिममा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २, ३, ४, ५, ६ र ७ नम्बर वडाका २५ जना महिलाहरुको सहभागिता रहेको आयोजक प्रगति महिला समाजकी अध्यक्ष पार्वति गच्छदारले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.