Websoft University

आव हरेक दिन १० हजारका दरले पीसीआर परीक्षण हुने– स्वास्थ्यमन्त्री ढकाल



काठमाण्डौ असार ७ गते । रातो तारा डट कम,स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेसम्म हरेक दिन १० हजारका दरले पीसीआर परीक्षणको दायरा बढाउने दावी गर्नुभएको छ । हिजो स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ढकालले निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न सकिने बताउनुभएको हो । अहिले भएकामा जनशक्ति थपेर, २४ सै घण्टा सञ्चालन गरेर र निजी क्षेत्रको सहयोगमा १० हजार परीक्षण गर्न सकिने उहाँको भनाइ छ । उहाँले निजी क्षेत्रबाट प्रतिदिन तीन हजार परीक्षण गर्न सकिए १० हजार परीक्षण गर्न सकिने बताउनुभयो । यस्तै मन्त्री ढकालले प्रत्येक प्रदेशमा हरेक दिन एक हजारसम्म जाच्ने गरी स्तरवृद्धि गरिने पनि बताउनुभयो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.