Websoft University

इटहरीका मनकारी व्यवसायीले दिए २ महिनाको घरभाडा छुट


शिव भट्टराई,सुनसरी । रातो तारा डट कम,नेपाल सरकारले कोरोना भाइरसबाट बच्न गरेको लकडाउनको अवधिमा घर बहालमा बस्नेहरुको घरभाडा छुट दिन गरेको आग्रह अनुसार इटहरीका व्यवसायी रमेश खत्रीले आफ्नो घरमा भाडामा बस्नेहरुको २ महिनाको घरभाडा छुट गरिदिनु भएको छ।

 सार्वजनिक यातायात केन्द्रीय महसंघ प्रदेश १ का महासचिव तथा खाम्दाके यातायातका सञ्चालक रहनु भएका खत्रीले सरकारले १ महिनाको घरभाडा छुट दिन आग्रह गरेकोमा आफुले सरकारको आग्रहलाई सहर्ष स्विकार गर्दै घर भाडामा बस्नेहरुको अवस्थालाई हेरेर थप १ महिना गरि २ महिनाको घरभाडा छुट गरि दिएको बताउनुभयो । 

नेकपा इटहरी उपमहानगर कमिटि सदस्य र संयुक्त खस क्षेत्री नेपालको केन्द्रीय सहकोषध्यक्ष समेत रहनु भएका खत्रीले आफ्नो घरमा रहेका एउटा सटरसहित ५ वटा कोठाको चैत्र र बैशाख को गरि २ महिनाको घरभाडा छुट दिएको बताउनुभयो । उहाँले लकडाउनका कारण सबै जना मारमा परेको भएपनि घरधनीले घर बहालमा बस्नेहरुको अवस्था हेरेर घरबहाल छुट गर्नु पर्ने बताउनुभयो । उहाँले लकडाउनका कारण सबैभन्दा बढी मारमा यातायात व्यवसायी परेको र आफुपनि यातायात व्यवसायी भएपनि मानवियताको नाताले सरकारको आग्रह स्विकार गर्दै घरबहाल छुट दिएको बताउनुभयो ।  

आफ्ना सवारी साधानहरु ३ महिनादेखि थन्क्याएर राखेकाले आफु नोक्सानीमा परेको भएपनि नेपाल सरकारको आग्रहलाई स्विकार गर्दै आफुले छुट दिएको भन्दै उहाँले अब यातायात व्यवसायीको समस्या समाधान गर्न नेपाल सरकारले पनि चासो दिनु पर्ने बताउनुभयो । आफुले आफ्नो कर्तव्य पुरा गरेको भन्दै उहाँले अब यातयात व्यवसायी समेत ठूलो मारमा परेको अवस्था रहेकाले सरकारले यसतर्फ केही राहतका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो । 

यता खत्रीको घरमा व्यवसाय गरेर बसिरहनु भएका हिरालाल ऋषिदेवले लकडाउनका कारण आफ्नो पसल समेत राम्ररी नचलेर गुजारा गर्न समस्या परिरहेको बेला २ महिनाको घरभाडा छुट पाउँदा निकै राहत पुगेको बताउनु भयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.