Websoft University

विराटनगरको बजार तथा व्यवसाय दैनिक कम्तीमा ४ घण्टा खोल्न पहल गर्ने सर्वपक्षीय निर्णय भयो


बिराटनगर जेठ १९ गते । रातो तारा डट कम,विराटनगरको बजार तथा व्यवसाय दैनिक कम्तीमा ४ घण्टा खोल्न पहल गर्ने सर्वपक्षीय निष्कर्ष निकालिएको छ ।

मोरङ व्यापार संघको पहलमा नेपाल कपडा व्यवसायी संघ, हार्डवेयर एसोशिएसन, मोरङ इलेक्ट्रिक संघ, खुद्रा व्यापार संघ, नेपाल सुन चांदी व्यवसायी संघ, मोरङग अटोमोवाईल डिलर्स एसोसिएशनलगायतको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।

व्यापार संघले उद्योग संचालक, ढुवानी, श्रमिक व्यवस्थापन एवं आपूर्ति र बजार व्यवस्थापन गरी सूचारु गर्न आवश्यक प्रोटोकलबारे सुझाव लिन छलफल बोलाएको थियो ।

छलफलमा सहभागीहरुले स्थानीय बजारमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, तरकारी, मिठाई, किचनवेयर, इलेक्ट्रोनिक्स, विद्युतीय जडान, लत्ता कपडा, जुत्ता तथा पहिरन सामग्री, निर्माणजन्य, ज्वेलरी, श्रृंगार, फर्निचररफिक्सर, अटोमोबाइल्स् तथा मेशिनरी स्पेयर पार्टस् आदि व्यवसायहरु संचालन गर्ने निष्कर्ष निकालेको हो । तर, यसरी संचालन गर्दा कर्मचारी, श्रमिक, उपभोक्तालगायत सबै वर्गलाई मास्कको प्रयोग, सेनिटाईजेसन, मानवीय दुरी लगायतका स्वास्थ्य सुरक्षाका विधिहरु अनिवार्य रुपले अवलम्बन गराउनु पर्नेछ ।

‘प्रत्येक दिन उपभोक्ता आवागमनको समयमा कम्तिमा चार घण्टा बजार तथा व्यवसाय संचालन गराउन एकबद्ध भई पहल गर्ने निष्कर्ष निकालेको छ,’ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले भन्नुभयो, ‘साथै, बैंकका सम्पूर्ण शाखासहित कार्यालयहरु संचालन गराउन, भन्सार जाँचपासका कार्यलाई तिब्र बनाउन आदिकालागि समेत सम्बन्धित निकायमा पहल गरिने सहमति भएको छ ।’

बन्दाबन्दीलाई मुलुकभरीका उद्योगी व्यवासायीहरुले मानव जीवन रक्षा प्रति उत्तरदायी भई विगत दुई महिना भन्दा बढी समय देखि आ–आफ्नो उद्योग व्यवसाय बन्द गरी पूर्ण समर्थन र सहयोग गर्दै आएको मुन्दडाको भनाइ छ । तर, लामो समयदेखि ठप्प रहन पुगेका उद्योग, कल–कारखाना, व्यवसाय र बजारका कारण आम उपभोक्ताको जनजीवन कष्टकर हुनुका साथै उद्योगी व्यवसायीहरुले ठूलो आर्थिक संकटको सामना गर्नु परेको अवस्था सृजना भएको उहाँको भनाइ छ ।

अचानक र अनिश्चित तवरले शुरु भएको बन्दाबन्दीका कारण मुलुकको आपूर्ति श्रृंखलामा प्रत्यक्ष असर पर्नुका साथै उद्योगी व्यवसायीहरुको पूँजीलगायत श्रमिकहरुको रोजगारी र स्वदेशी उत्पादकत्वमा ठूलो ह«ास आई दयनीय अवस्थामा पुगेको र मुलुकको अर्थतन्त्रमा समेत गम्भिर प्रभाव पर्न गएको छलफलको निष्कर्ष छ ।

छलफलले वर्तमान परिप्रेक्ष्यमा कोभिड १९ को रोकथाम र नियन्त्रण गर्न आवश्यक स्वास्थ्य सुरक्षामा ध्यान दिनुका साथै आम उपभोक्ता, श्रमिक, उद्योगी व्यवसायीलगायत सबै वर्गको दयनीय जनजीवनलाई सामान्य स्थितिमा फर्काउन, मुलुकमा उत्पन्न भएको आर्थिक संकटलाई न्यूनीकरण गर्न एवं देशको अर्थतन्त्रसमेत चलायमान राख्न अबका दिनमा स्वास्थ्य सुरक्षाका नीतिहरुलाई अनिवार्य अवलम्बन गरी÷गराई महिनौं दिन देखि बन्द रहेका उद्योग, व्यवसाय र बजारहरु सूचारु गर्दै जानु पर्ने निष्कर्ष निकालेको हो ।

मोरङ व्यापार संघले संघीय, प्रदेश र स्थानीय तहका सरकारहरु, स्थानीय प्रशासनलगायत सम्बन्धित निकायहरुलाई समुचित व्यवस्थापन, सहजीकरण एवं समन्वय गरिदिन माग गर्दै आएको छ ।

आजको छलफल कार्यक्रममा संघका अध्यक्ष मुन्दडा, व्यापार संघका निर्वतमान अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, वाणिज्य उपाध्यक्ष विकास कुमार वेगवानी, महासचिव अनिल कुमार साहलगायतको सहभागीता थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.