Websoft University

सुन्दरहरैंचा–१२ मा कृषक अभिमुखिकरण कार्यक्रम सम्पन्न


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ को आयोजनामा कृषकहरुका लागि ३ दिने कृषक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीको संयोजनमा भएको तालिमको समापन कार्यक्रम सुन्दरहरैंचा नगरपालिका उपप्रमुख धनमाया तामाङको प्रमुख आतिथ्यता तथा गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीका डाइरेक्टर वसन्त रेग्मीको सभाध्यक्षतामा सम्पन्न भएकोहोे।

समापन कार्यक्रममा वडाध्यक्ष रोशन प्रसाद ढकाल, वडासचिव अनिल पोखरेल, वडा सदस्यहरु, टोली अध्यक्षहरु, सञ्चारकर्मीहरु र प्रशीक्षार्थिहरु लगायतको उपस्थिति रहेको थियो । तालिमको समापन कार्यक्रममा सहभागी सबै कृषकहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै तालिम पुस्तिका हस्तान्तरण गरिएको थियो । 

कार्यक्रममा बोल्दै उपप्रमुख धनमाया तामाङले १२ नम्बर वडा कार्यालयले गुडलक एजुकेशनको संयोजनमा उपलब्धिमुलक तालिम प्रदान गरेको भन्दै व्यवहारमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै वडाध्यक्ष रोशन प्रसाद ढकालले पनि तालिममा सिकेका कुराहरुलाई व्यवहारमा ल्याए मात्र तालिमको सहि उपलब्धि हुने बताउनुभयो । यस्तै वडासदस्य अनिल पोखरेलले वडाले कृषि क्षेत्रमा धेरै काम गर्न खोजेपनि कृषकहरुले कृषि सम्बन्धि योजना नल्याएको भन्दै थप योजनाहरु ल्याए आगामि आर्थिक वर्षमा समाबेश गरेर जान सकिने उल्लेख गर्नुभयो । 

यस्तै सहभागिहरुले समेत वडाको आयोजनामा गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीको संयोजनमा भएको तालिममा कृषि सम्बन्धि धेरै कुराहरु सिकेको भन्दै खुशी व्यक्त गरे । वडाका अगुवा कृषकहरुलाई प्रोत्साहन गर्न, कृषि पेशामा देखिएका समस्या समाधान तथा वैज्ञानिक खेति प्रणाली बारे जानकारी गराउने उद्देश्यले अभिमुखिकरण कार्यक्रम राखिएको वडासदस्य दिलिप दाहालले बताउनु
भयो । 

अभिमुखिकरण कार्यक्रममा कृषिमा आधुनिकरण, कौषी खेती, तरकारी खेति, नर्सरी, धान बाली र रोग किरा लगायतका विषयमा कृषकहरुलाई जानकारी गराइएको
थियो ।  वडाका २० जना अगुवा कृषकहरुको सहभागिता रहेको अभिमुखिकरण कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका कृषि शाखा प्रमुख फरिन्द्र भट्टराई, प्राविधिक सहायक सुदिप भण्डारी, विवेक भट्टराई लगायतले सहजिकरण गर्नु भएको गुडलक एजुकेशनका प्रवन्ध निर्देशक रेवती निरौलाले जानकारी दिनुभयो । 

तालिममा कोरोना भाइरसको संक्रमणबाट बच्न सामाजिक दुरी कायम गरिएको थियो भने  मास्क वितरण गर्नुका साथै सेनिटाइजर लगाइर मात्र कार्यक्रममा सहभागी गराइएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.