Websoft University

अमेरिकामा भएको प्रर्दशन आज सम्म पनि रोकिएन



काठमाण्डौ जेठ २५ गते । रातो तारा डट कम,अमेरिकामा दुई साता अघि प्रहरीले नियन्त्रणमा लिने क्रममा भएका अश्वेत अमेरिकन नागरिक जर्ज फ्लोइडको मृत्यु भएपछि जारी हिंसात्मक प्रदर्शनहरु अझै रोकिएका छैनन् । जातीय हिंसा र प्रहरीको क्रुरताविरुद्ध हजारौं सर्वसाधारणले अमेरिका लगायत विश्वका विभिन्न देशमा विरोध गरिरहेका छन् । रेष्टरेन्टमा सुरक्षा गार्डको रुपमा कार्यरत जर्जले सपिङ मलमा नक्कली नोट देखाएको आरोपमा नियन्त्रणमा लिने क्रममा प्रहरी अधिकारी डेरेक चाउविनले घुँडाले घाँटीमा थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएपछि देशव्यापी आन्दोलन चलिरहेको हो । घटनालगत्तै संलग्न प्रहरी अधिकारीलाई निलम्बर गरी कारवाही प्रक्रिया अघि बढाइएको छ । तर वर्षौदेखि जातीय विभेद कायम रहेको भन्दै अमेरिका, युरोपगलयतका देशमा उक्त घटनाको विरोधमा प्रदर्शनहरु भइरहेका छन् ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.