Websoft University

एम्बुलेन्स चालकले काठमाडौंमा भोकभोकै हिड्नु पर्छ (भिडियो सहित)



गोपाल काफ्ले पथरी, मोरग जेठ १९ गते । रातो तारा डट कम,‘‘हामी एम्बुलेन्स चालक दिनरात नभनी खटिइराखेका छौँ । हामीले कुन विरामी कस्तो भनेर कसैलाई भेदभाव गर्दैनउ तर यो लकडाउनको समयमा हामीले पानी पनि किनेर खान्छु भन्दा होटलवालले दिँदैनन् ।’’

यस्तो समस्या एकजना एम्बुलेन्स चालकको मात्र हैन अधिकांश एम्बुलेन्स चालकको हो । मोरङ पथरी शनिश्चरे १ का राम शर्माले लकडाउनको  अवधीमा २ पटक काठमाडौं जादा आउदा बाटामा बिभिन्न किसिमका पिडा भोगेको गुनासो गर्नु हुन्छ ।

काठमाडौं बिरामी लिन र पु¥याउन हिडेको एम्बुलेन्स चालकले खानाको त कुरै छाडौँ पानी समेत किनेर खान नपाएको शर्माले बताए । बाटामा अन्य सवारी साधनका चालकले खाना खाइरहेका हुन्छन् तर एम्बुलेन्स चालक भने पछि एम्बुलेन्स रोक्न समेत नदिएको शर्माले दुखेसो गर्नुभयो । 

खानाका लागि कि त घरबाट टिफिन बोकेर हिड्नु पर्छ कि त चाउचाउ बिस्कुट बोकेर हिड्नु पर्छ, बाटामा खुलेका पसलले एम्बुलेन्स रोक्ने बितिकै छिः छि दुरदुर गर्छन । काठमाडौंमा त भोकलाग्यो भने हस्पिटलको क्यान्टीन खोज्नु पर्छ । काठमाडौंमा त वडा अध्यक्षले मोरङको गाडी भनेर पार्किङ गर्न समेत दिएन्न । आफ्नो स्वास्थ्य जाँचको कागज देखाएपछि मात्रै तत्काल त्यहाँबाट हिड्न भनेर हप्काएर पठाएको शर्माले बताउनुभयो ।

यस्तै समस्या छ लक्ष्मी मगरको पनि । काभ्रे स्थाइ घर भएकी मगरले हाल सुनसरीमा मनमाया श्रेष्ठ भूवन मेमोरियल ट्रष्टको एम्बुलेन्स चलाउनुहुन्छ । काठमाडौं जाँदा रात परे पछि बास बस्न खोज्दा एम्बुलेन्स राख्न समेत नदिएपछि बनेपा आएर बल्ल तल्ल बास बसेको मगरले गुनासो छ । पूर्वी पहाडी क्षेत्रमा पनि एम्बुलेन्स लिएर जान सक्ने अवस्था नभएको चलकहरु बताउछन् ।

सुनसरीको डाँगी सेवा समाजका एम्बुलेन्स चालक अहिले खाँदबारी क्वारेनटाइनमा छन् । नोवेल मेडिकल विराटनगरबाट विरामी लिएर खाँदबारी गएका चालकलाई जबरजस्ती क्वारेनटाइनमा बस्न बाध्य भए । सिडियो देखि आफ्नो पहुँचले भ्याए सम्मलाई गुहार्दा पनि स्वास्थ चालकलाई क्वारेनटाइनमा राखेको समाजका अध्यक्ष गणेश डाँगीले बताउनुभयो ।

पहाडी क्षेत्रमा समस्या भएपछि मोरङ र सुनसरी एम्बुलेन्स चालक संघले पहाडी क्षेत्रमा एम्बुलेन्स नलैजाने निर्णय गरेको छ । विरामीको सेवामा हिडेको एम्बुलेन्स र चालकहरुलाई नै यस्तो ब्यावहा भए पछि पाहाडी भेगका विरामी नबोक्ने निर्णय गरेको सुनसरी एम्बुलेन्स चालक संघका अध्यक्ष भूवन मगरले बताउनुभयो ।
कसैले पहाडी क्षेत्रमा एम्बुलेन्स लगे सघं जिम्मेवार नहुने अध्यक्ष मगरको भनाई छ । 

प्रहरीले बाटामा एम्बुलेन्स रोकी पैदलयात्रीलाई जवरजस्ती चडाइदिने गरेका छन । पैदलयात्री बोकेपछी क्वारेनटाइनमा बस्नु पर्छ त्यो भन्दा बरु एम्बुलेन्स थन्काएर घरमा बस्नुपर्ने अवस्था आएको चालकको भनाई छ । अग्रस्थानमा रहेर काम गरिरहेका एम्बुलेन्स चालक, स्वास्थकर्मी, सुरक्षाकर्मी र संचारकर्मीले उहाँहरुले जस्तै भोलि उहाँहरु पिडामा हुदा छिः छिः दुरदुर गरे समस्या झन जटिल हुने चालकहरु बताउछन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.