Websoft University

सल्यान जाँदै गरेको गाडी दुर्घटना हुँदा, ११ जनाको मृत्यु–थप बिबरण आउन बाकी


काठमाण्डौ जेठ १९ गते । रातो तारा डट कम,बाँकेबाट सल्यान जाँदै गरेको गाडी दुर्घटना हुँदा, ११ जनाको मृत्यु भएको छ । मध्यराती भएको दुर्घटना अरु २२ जना घाईते भएका छन् । घाईतेहरुको भेरी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी–२ ठुरियामा दुर्घटना भएको हो । दुर्घटनामा भारतबाट नेपाल आएकोहरु परेको बाँकेका प्रमूख जिल्ला राम बहादुर कुर्मावाङले सीआईएनसँग बताउनुभयो । प्रमूख जिल्ला अधिकारी कुर्मावाङका अनुसार ना.५ ख ५९९५नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो । ३३ जना सवार रहेको भ्यान अनियन्त्रित भई रोकिराखेको ट्रकमा ठोक्किएको ट्राफिक प्रहरीले बताएको छ ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.