Websoft University

भारतमा आन्तरिक उडान सुरु


काठमाण्डौ जेठ १३ गते । रातो तारा डट कम, दुई महिनापछि भारतले आन्तरिक उडान सुरु गरेको छ । दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा हिजो बिहान पौने ५ बजे पुणेका लागि पहिलो उडान गरेको हो । विमानका सबै यात्रुको एयरपोर्टमा जाँच गरिएको थियो । 

एयरहोस्टेजहरुले फ्लाइटमा पीपीई अर्थात व्यक्तिगत सुरक्षाको सामग्री लगाएका थिए । यात्रुहरुले पनि सुरक्षाका लागि पर्याप्त सावधानी अपनाएकाथिए । विमानस्थलमा दुई मिटरको दुरीको पालना अनिवार्य गरिएको थियो । सबै यात्रुलाई एयरलाइन्सले नै अनुहार छोप्ने मास्क प्रदान गरेका थिए । 

आन्ध्र प्रदेश र पश्चिम बंगालबाहेक भारतका सबै प्रदेशमा आन्तरिक उडान संन्चालन गरिएको जनाएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.