Websoft University

सरकारले, स्वास्थ्य, कृषि र रोजगारी केन्द्रीत बजेट बनाउने


काठमाण्डौ जेठ १३ गते । रातो तारा डट कम,संविधान अनुसार ७ सय ५३ वटा स्थानीय सरकारले असार १० गते बजेट ल्याउनुपर्छ । कोरोना महामारीकाबीच संघ र प्रदेश झैं स्थानीय सरकारले पनि स्वास्थ्य, कृषि र रोजगारी केन्द्रीत बजेट बनाईरहेका छन् ।

अघिल्लो बर्ष समयमै बजेट ल्याउन नसकेका स्थानीय तहले पनि यस पटक समयमै बजेट ल्याउनेगरी काम गरिरहेको बताएका छन् । गतवर्ष असार १० गतेको समय सिमाभित्र बजेट नल्याउने स्थानीय तह १ सय २६ वटा थिए । नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुले कृषि उत्पादनलाई प्राथामिकतामा राखेर बजेट तर्जुमा गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले कोभिड १९ को महामारीलाइ सामना गर्न सक्ने गरि बजेट ल्याउने बताउनुभयो । जेठ १५ गते संघ सरकारको बजेट आउँदैछ भने, सातवटै प्रदेश सरकारले पनि असार १ गते बजेट ल्याउनेछन् ।

यसवर्ष कोरोनाको कहर जित्न र समृद्धीको सपना जिवित राख्न स्थानीय सरकारको बजेटमा पर्ने प्राथमिकताका विषयहरु महत्वपूर्ण हुने देखिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.