Websoft University

हावाहुरीले मकै बालीमा क्षति पु¥याएपछि किसान परिसान


काठमाण्डौ जेठ १४ गते । रातो तारा डट कम,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको मकै बालीमा हावाहुरीले क्षति पु¥याएको छ । केही दिनदेखि बिहान बेलुकीपख लगातार चलेको हावाहुरीले मकै बालीमा क्षति पु¥याएपछि किसानहरु चिन्तित बनेका छन् । नगरपालिकाका दोर्पा, नेर्पा, लफ्याङ, खाल्ले लगायत दिक्तेलका केही भू—भागमा मकै बालीमा क्षति भएको किसानहरुले गुनासो गरेका छन् । त्यस्तै वडा नम्बर ४ र ५ का कृषकहरुको पनि मकैमा क्षति पुगेको छ । खोटाङको दिप्रुङ चुइचुम्मा, हलेसी तुवाचुङ, जन्तेढुङगा, खोटेहाङ, लगायतका क्षेत्रमा पनि हावाहुरीले अन्नबालीमा क्षति भएको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.