Websoft University

अभिभावकसंग समय बिताउन बिधार्थीलाई आग्रह


काठमाण्डौ जेठ १४ गते । रातो तारा डट कम,सरकारले कोरोना भाइरस (कोभिड १९) कारण बालबालिकामा परेको असरको बारेमा अध्ययन गरि बालबालिकाको लागि राष्ट्रिय नीति तय गर्ने भएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले बालबालिकाको नीति तयारै भएपनि यस बर्षको बजेटमा बालबालिकाको निम्ति राष्ट्रिय रणनिति तयार पारि बजेट ल्याइने जानकारी दिनुभयो । देशभरका बालबालिकाले विद्यालय बन्द हुँदा पढाइ प्रभावित भएको, विद्यालयमा क्वारेन्टाइन सञ्चालन भएकाले मानसिक रुपमा तनाव सृजना भएको साथै लकडाउनको समयमा उत्पन्न समस्याहरुको बारेमा मन्त्रीसंग जिज्ञासा राखेका थिए । बालबालिकाहरुको प्रश्नमा जवाफ दिदै मन्त्री गुरुङले कोरोनाको महामारी सकिएपछि सबै कुरा ठिकठाक हुने भन्दै यो समयमा घरमा नै बसेर पढ्न र आफूभन्दा ठूला तथा अभिभावकसंग समय बिताउन आग्रह गर्नुभएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.