Websoft University

कोरोनाको संक्रमण भएको पुष्टि भए लगत्तै २० वर्षीय युवालाई थप उपचारका लागि विराटनगर ल्याइदै,


बिराटनगर जेठ ६ गते । रातो तारा डट कम,खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.७ महादेवस्थानका २० वर्षीय युवालाई विराटनगर पठाइएको छ । कोरोनाको संक्रमण भएको पुष्टि भए लगत्तै आइसोलेसनमा राखिएका ती युवालाई उपचारका लागि बिराटनगरस्थित कोरोना अस्पताल पठाइएको नगरपालिकाले जनाएको छ । 

उनको ८ जनाको परिवार र उनीसँगै बसमा यात्रा गरेका व्यक्ति, उनको संसर्गमा बसिसकेका व्यक्ति गरी ४३ जनाको पिसिआर टेष्टका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान घरान पठाइएको नगरप्रमुख इवन राइले बताउँनुभयो । होम क्वारेन्टाइनमा बसेपछि उनीसँग संलग्न सबैको पिसिआर टेष्ट गर्ने तयारी गरिएको छ । सहरमा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका स्थानीयलाई नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउनेक्रममा उनी बैशाख १२ गते बसमार्फत गाउँ आएका थिए । 

गाउँ आएपछि उनी होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले अहिले संक्रमित युवाको गाउँमै रहेको हलेसीबजारलाई पूर्णरुपमा सिल गरेको छ । बिहान र बेलुका अत्यावश्यक सामग्री किनमेलका लागि हलेसीबजार खुला गर्ने गरिएको भएपनि आज बिहानदेखि पूर्णरुपमा ठप्प पारिएको नगरप्रमुख राईले बताउँनुभयो । हलेसीमा हिँडडुल गर्न, सवारी साधन चलाउन पूर्णरुपमा रोक लगाइएको छ । हलेसी तुवाचुङ नगरपालिकालाई सिल गरिएको छ । एकजना कोरोना संक्रमित फेला परेसँगै अनिश्चितकाकालका लागि नगरपालिकालाई सिल गरिएको हो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.