Websoft University

लुथरनद्धारा ७ लाख बढीको स्वास्थ्य उपकरण प्रदेश सरकारलाई हस्तान्तरण


विराटनगर, ६ जेठ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका लागि लुथरन विश्व फेडेरेसनले आज ७ लाख बढीको स्वास्थ्य उपकरण प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ ।

लुथरनले ७ लाख १९ बढीको सामाग्री प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई लुथरनका कार्यक्रम व्यवस्थापक यज्ञ गौतम लगायतले हस्तान्तरण गर्नुभएको थियो । हस्तान्तरण गरिएको सामाग्रीहरुमा एक्सरे मेसिन १ थान, इलेक्ट्रिक सक्सन मेसिन २ थान, अक्सिजन बनाउने मेसिन १ थान, व्यक्तिगत सुरक्षा उपकरण(पीपीई) सेट ३० थान, आईआर थर्ममिटर ४ थान, एन ९५ मास्क १ सय २० थान र सर्जिकल मास्क ५ सय थान रहेका छन् ।

स्वास्थ्य उपकरणहरु ग्रहण गर्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश १ मा संक्रमण बढ्दै गएकाले भोलीका दिनहरुलाई कसरी सुरक्षित गर्ने भन्नेमा प्रदेश सरकार लागिपरेको बताउनुभयो । कोरोना भाईरस विरुद्ध लड्नका लागि सवैको साथ सहयोग आवस्यक रहेको भन्दै स्वास्थ्य उपकरण उपलब्ध गराउने लुथरनलाई धन्यबाद दिनुभयो ।

कोभिड अस्पताललाई लुथरन सामुदायिक कल्याण समूह मोरंग मार्फत स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको कार्यक्रम व्यवस्थापक गौतमले बताउनुभयो ।

लुथरनले यसअघि कोभिड अस्पतालका लागि ३ लाख ६० हजार बराबरको अनलाईन युपीएस हस्तान्तरण गरेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.