Websoft University

क्रम प्रतिनिधि सभाबाट सरकारको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम पारित



काठमाण्डौ जेठ ७ गते । रातो तारा डट कम,सरकारको आर्थिक वर्ष २०७७÷२०७८ को नीति तथा कार्यक्रम प्रतिनिधि सभाबाट पारित भएको छ । गत जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दुई दिनको छलफलपछि पारित भएको हो । नीति तथा कार्यक्रममा विभिन्न सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए । नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको हिजो संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएसँगै बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको हो । नीति तथा कार्यक्रमप्रति चित्त नबुझेको भन्दै दर्ता गराइएका संशोधन प्रस्तावहरू भने फिर्ता भएनन् । ध्वनि मतका आधारमा सबै संशोधन प्रस्ताव अस्वीकृत भएसँगै नीति तथा कार्यक्रम निर्णयार्थ संसदमा प्रस्तुत भएको थियो । अब यसकै आधार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.