Websoft University

पत्रकारहरूलाई सुन्दरदुलारी उद्योग वाणिज्य संघले एक वर्षे कोरोना लघु बीमा गरिदिएको छ


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,उद्योग वाणिज्य संघ सुन्दरदुलारीद्वारा सुन्दरहरैंचाका पत्रकारको लघुबीमा मोरङको सुन्दरहरैंचा नगरपालिकालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका पत्रकारहरूलाई सुन्दरदुलारी उद्योग वाणिज्य संघले एक वर्षे कोरोना लघु बीमा गरिदिएको छ ।

बुधबार नगरप्रमुख शिवप्रसाद ढकालको उपस्थितिमा नगरपालिकामा कोभिड १९ जोखिम पत्रकारीता समितिका संयोजक शिव भट्टराईलाई संघका अध्यक्ष किशोर कार्कीले चेक हस्तान्तरण गरी बीमा कार्यक्रमलाई सहयोग गरेका हुन्।

कोरोना भाइरसको महामारीका बीचमा पनि अग्र पंक्तिमा रहेर समाचार सम्प्रेषण गर्ने क्रममा देशका केही भागमा पत्रकारलाई समेत संक्रमण देखिएको छ । पत्रकारको मनोबल उच्च बनाउन यो बीमा कार्यक्रम गरिएको संघले जनाएको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनी विराटचोकका प्रमुख सन्तोष पाण्डेले यो बीमा लघु बीमा भएको र एक वर्षे अवधिको हुने बताउँदै बीमा गरिएका पत्रकारमा कोरोना संक्रमण देखा परे १ लाख रुपैयाँ दिइने बताए ।

नगरप्रमुख ढकालले सञ्चार क्षेत्रले सत्य, तथ्य समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राखेका थिए । नगरमा केही अनावश्यक हल्ला चलाइएको र हालसम्म सुन्दरहरैंचामा कोही पनि संक्रमित नभएको उनको भनाइ थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर चापागाईं, लेखा अधिकृत शेखर ढकाल, वडाध्यक्षहरु जीवनप्रसाद ढुंगाना, राजेन्द्रबहादुर थापा, जीवन राईलगायतको उपस्थिति रहेको थियो ।

यसै गरि जोखिम पत्रकारिता गर्ने संचारकर्मी शिव भट्टराई, बाबुराम निरौला, राज पोख्रेल, एलएन गच्छादार, कृष्णचन्द्र सुवेदी, मणिराम दाहाल लगायतले सुन्दरहरैंचाको स्वास्थ्य, कृषि, बिपत ब्यबस्थापन होस् या क्वारेन्टाइन सम्म  नगरपालिकाले गरेको हरेक गतिबिधिका बारेमा सक्रिय रुपमा  लागेर पत्रकारिता गर्दै आएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.