Websoft University

रोहित चौहान र नागेन्द्र चोैहानले ज्यान मारेको पुष्टि


बिराटनगर जेठ ८ गते । रातो तारा डट कम,जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.१४  झटियाही बस्ने बर्ष २९ को रोहित चौहान,बर्ष २६ को नागेन्द्र चौहान समेतले बाबुको कर्तब्य गरी यिनै छोराले वर्ष ५९ को सत्यराम भन्ने सिताराम चौहानको हत्या गरि घरैमा लास गाडेको पुष्टि भएको छ। 

ससुरा सिताराम चौहान ३,४ दिन देखि मेरो घरमा नआएको र श्रीमान नागेन्द्र चौहानले बाबु सितारामलाई मारी दिएँ भन्ने कुरा समेत बुहारी जैनब खातुन (२ बर्ष) ले सुनेको हुँदा शंका लागी ससुराको घरमा गई हेर्दा खाटमुनी खनेजस्तो माटो देखी श्रीमान नागेन्द्र चौहान समेतलाई लिई ईलाका प्रहरी कार्यालय रानीमा दिएको सूचनाको सम्बन्धमा अनुसन्धान बाट खुलेको छ

जेठ ३ गते दुवै दाजु भाई रोहित चौहान र नागेन्द्र चौहानले मजदुरी गरेको ज्याला प्राप्त भए पश्चात केही कपडा किनी मादक पदार्थ समेत सेवन गरी अन्दाजी २०.३० बजे घर पुगेपछि बाबु सितारामले जेठो छोरा रोहित चौहानसँग पैसा माग्दा नदिएकोमा सोही बिषयमा झगडा हुँदाका बखत रोहित चौहानलाई बाबु सितारामले खाटबाट धकेली भुईमा झारी दिए पश्चात निज रोहित चौहानले बाबुलाई मारी दिन्छु भन्दै नजिकै रहेको कोदालोले टाउँकोमा प्रहार गरेकोमा पुनस् माईलो छोरा समेतले बाबु सितारामलाई सोही कोदालोले टाउँकोमा प्रहार गरी मारेेेेका थिए ।

घटना पछि नागेन्द्र चौहान हडताली हाटमा रहेको आफ्नो डेरा कोठातर्फ गएको र रोहित चौहान सोही घटनास्थलमा भएको घरमा सुतेको र मिति २०७७।०२।०४ गते ०५.३० बजे दुवै जना मिली घरभित्र कोठामा रहेको खाटमुनी खाल्डो खनी गाडेको अवस्थामा प्रहरीद्वारा उत्खनन गरी तथा प्रतिवादीहरू रोहित चौहान र नागेन्द्र चौहानलाई समेत पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान कार्य भई रहेको आज प्रहरीले भिडियो पत्रकार सम्मेलन बाट जानकारी गराएको छ। 




Reactions:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.