Websoft University

नेपालमा कोरोना सङक्रमितको सङ्ख्या ४,५३ पुग्यो



काठमाण्डौ जेठ ८  गते । रातो तारा डट कम, थप ९ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा जम्मा कारोना सङ्क्रमितको सङ्ख्या ४ सय ५३ पुगेको छ । आज झापामा आठ र रुपन्देहीमा एकजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । 

मन्त्रालयका अनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना सङ्क्रमण देखिएको हो । उनीहरू १७, १८, १८, २०, २०, २३, ५२ र ५५ वर्षका रहेका छन् । रुपन्देहीका २७ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ३ सय ८३ जना पुरुष र ७० जना महिला रहेका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा  सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना सङ्क्रमित निको भएर घर गएका छन् । 

पछिल्ला दुईवटा रिपोर्टमा उनीहरूमा कोरोना नभएको पाइएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो । २ जना भक्तपुरका र २ जना काठमाडौँका नागरिकलाई आज डिस्चार्ज गरिएको हो । योसँगै नेपालमा उपचारपछि निको भएर जानेको सङ्ख्या ४९ पुगेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.