Websoft University

संसदको आज ४ बजेबाट बजेट अधिवेशन सुरु हुँदै


काठमाण्डौ बैशाख २६ गते । रातो तारा डट कम,आजबाट संसदको बजेट अधिवेशन सुर हुँदैछ । अपरान्ह ४ बजेदेखि सुरु हुने अधिवेशनलाई सुरक्षित बनाउन प्रतिनिधिसभा र राष्ट्रियसभा सबै सदस्यहरूको कोरोना परीक्षण बिहानसम्म गरिसक्ने तयारी संसद् सचिवालयले गरेको छ । 

हिजो २ सय १२ जना सांसदसहित ४ सय ४१ जनाको नमूना सङ्कलन गरिएको छ । बाँकी सांसद्को नमूना सङ्कलनको काम बिहानैबाट भइरहेको छ । परीक्षणमा प्रतिनिधि सभातर्फका १ सय ७९ जना र राष्ट्रिय सभातर्फका ३३ जना सांसद हिजोको जाँचमा सहभागी भएका संघीय संसदका सचिव गोपालनाथ योगीले सीआईएनलाई जानकारी दिनुभयो । 

अपरान्ह चार बजे प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने छ । बैठकमा भौतिक दूरी कामय गर्दै सांसदहरुको बस्ने व्यवस्था गरिएको संघीय संसदका सचिव गोपालनाथ योगीले सीआईएनलाई जानकारी दिनुभयो । 

उहाँले संसदमा सहभागि हुन आउने सांसदहरुको मूल ढोकामा ज्वारे नापेर भित्र प्रवेश गराइने, संसद भवनमा प्रत्येक सांसदबीच ३ फिटको दूरी कायम गरिने, मास्क अनिवार्य लगाउनुपर्ने, स्यानिटाइजरको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.