Websoft University

तेह्रथुम र खोटाङमा ३ जनाको हत्या, हत्यामा संग्लग्न ३ जना पक्राउ


बिराटनगर, बैशाख २६ गते । रातो तारा डट कम,बिहिवार साँझ तेह्रथुम र खोटाङमा ३ जनाको हत्या भएको छ भने हत्यामा संग्लग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिवार साँझ साँढे ६ बजेको समयमा तेह्रथुमको फेदाप गाउँपालिका-५ ईसिबु  बस्ने २० बर्षीय कन्चन लिम्बुले आफ्नै बुबा ४२ बर्षीय रुप बहादुर लिम्बु र सौतेनी आमा ३५ बर्षीय रुपेनी लिम्बुलाई बन्चरोले टाउको तथा ढाडमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । 

छोराको बन्चरो प्रहारबाट दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । घटना घटाई फरार रहेका लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी खोटाङको केपिलासगढी गाउँपालिका-२ का ४७ बर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ बर्षीय मिलन राईले ढुङगाले टाउकोमा प्रहार गरी हत्या गरेका छन् । 

बिहिवार साँझ पौने ७ बजेको समयमा आफ्नै घर तर्फ जाँदै गरेको अबस्थामा बाटैमा रहेका मिलनले एक्कासी ढुङगाले टाउकोमा प्रहार गर्दा प्रितिलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

भिनाजुको हत्या गरी फरार रहेका राईलाई ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो भने घटनामा संग्लग्न रहेका निजकै भाई २० बर्षीय जिवन राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.