Websoft University

व्यापारिक कारोवार गर्ने ७० फर्मलाई वाणिज्यले गर्यो जरिवाना


काठमाण्डौ बैशाख २० गते । रातो तारा डट कम,सरकारले डेढ महिनाको अवधिमा अनुचित व्यापारिक कारोवार गर्ने ७० फर्मलाई जरिवाना तिराएको छ । गत चैत एक गतेदेखि यही वैशाख १८ गतेसम्म गरिएको नियमित बजार अनुगमनका क्रममा सबैभन्दा धेरै खाद्य पसल कारबाहीमा परेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । बजार अनुगमनका क्रममा जरिवाना गरिएका फर्ममध्ये २३ खाद्यान्न पसल रहेका छन् । मूल्य वृद्धि गर्ने, गुणस्तरहीन सामग्री उत्पादन एवं बिक्री वितरण गर्ने, मूल्य सूची नराख्नेलगायत उपभोक्ताको गुनासोका आधारमा विभागले कारबाही गरेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले सीआइएनसँग बताउनुभयो । कारबहीस्वरुप जरिवाना गरिएका फर्ममध्ये ९ सर्जिकल हाउसबाट १७ लाख ४० हजार, २३  खाद्य पसलबाट १४ लाख २५ हजार, पाँच औषधि पसलबाट पाँच लाख ५० हजार, ६ खाद्यान्न र ग्यास पसलबाट चार लाख ५५ हजार राजस्व सङ्कलन भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.