Websoft University

लकडाउनका कारण प्रदेश १ कै पर्यटकीय गन्तव्य बनेको हसिना सिमसार ओझेलमा


शिव भट्टराई,मोरङ बैशाख २० गते । रातो तारा डट कम,
लकडाउनका कारण अहिले प्रदेश १ का पर्यटकीय स्थल ओझेलमा परेको छ। त्यसै मोरंगको सुन्दरहरैंचामा रहेको हसिना सिमसार दैनिक जसो आन्तरिक पर्यटकको घुइचो लाग्ने गरेपनि यति बेला सुनसान छ। अहिले सम्म संघिय तथा प्रदेश सरकारको नजर हसिना भित्र पर्न सकेको छैन।

प्रदेश १ कै पर्यटकीय स्थल मध्ये मोरंग जिल्लाको सुन्दरहरैचा नगरपालिका – ५ मा रहेको हसिना सिमसार यति बेला ओझेलमा परेको छ। दैनिक रुपमा ५ सय भन्दा बढी आन्तरिक पर्यटक आउने सो क्षेत्रमा लकडाउनका कारण सुनसान बनेको छ। जैविक बिबिधताको हिसाबले निकै महत्वपूर्ण क्षेत्र हो भन्न् सकिने पुस्टि योग्य तथ्य प्रसस्त छन्।

 यस क्षेत्रमा निरन्तर बग्ने जरुवा पानीको घर्षणका कारण बनिएका प्राकृतिक ध्वजा र बीच भागमा प्राकृतिक तलाउ, बन चराचुरुंगीको मधुर आवाज र बन्यजन्तुको साम्राज्य, हाँस खेल्ने तलाउ तालाउ र हसेनी खोला हुँदै हसिना सिमसार क्षेत्रको रुपमा बिकास भएको छ।

बि.स २०५७ सालमा नमुना सामुदायिक बन उपभोक्ता समुह तत्कालिन सुन्दरपुर -६ को भेलाले स्थानीय उपभोक्ता परसुराम घिमिरेले यस क्षेत्रलाई पर्यटनसंग जोड्न प्रस्ताव गरिएको थियो। ७५ हेकटरमा फैलिएको हसिना सिमसार भित्र पिकनिक स्थल,नौका बिहार , मृग स्थल, जुरासिक पार्क, नाग पोखरी, स्वयम्भु डाँडा, बोटिंग एरिया लगायतका रमणीय स्थल छन्।

यसलाई हसिना सिमसार क्षेत्र संरक्षण र पर्यटन बिकास संथाको नाममा दर्ता भई संरक्षण गर्दै आएको छ। अहिले लकडाउनले गर्दा यहाँ भित्रका पर्यटनका लागि भौतिक निर्माणका काममा अबरोध भएको संरक्षण समितिका अध्यक्ष कविराज राईले बताउनु भयो ।

यस भित्र विभिन्न् आदिवासी जनजातिका धार्मिक संरचना समेत रहेको छ भने नेपाल पर्यटन बर्ष २०२० को महोत्सव लगाएपनि बिश्वभर फैलिएको कोरोनाको संक्रमण कारण पर्यटन भित्राउने सबै किसिमका कार्यक्रम अहिले स्थगित भएको छ। अहिले सम्म संघिय तथा प्रदेश सरकारको नजर हसिना भित्र पर्न सकेको छैन। स्थानिय समुदाय मेहनत तथा नगरपालिकाकै बजेटबाट यहाँका भौतिक संरचनाको निर्माण भएको सो वडाका वडा अध्यक्ष राम रिजालले जानकरी दिनुभयो।

नगरबाट बियोजन भएको ४० लाख बजेटबाट ड्याम निर्माण र ३० लाख घेराबारको लागि छुत्याएपनि लकडाउनले अहिले काम रोकिरहेको छ। महेन्द्र राजमार्गको बाँसबारी देखि ६ किलोमिटर उत्तरमा पर्ने यो पर्यटकीय क्षेत्र पुग्न अहिले कालो पत्रे सडक बनेको छ। यसलाई पर्यटन क्षेत्रका लागि अझ बिकास गर्न सके स्वेदेशी तथा बिदेशी पर्यटन बित्राउन सकिन्छ। सुन्दरहरैंचाकै नगरबासीको साझा सम्पति हसिना सिमसार क्षेत्रको पर्यटन प्रबद्धन र दिगो विकास ब्यबस्थापनमा सबैको सहयोग पुगोस र संघिय सरकारको ध्यान जान जरुरी देखियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.