Websoft University

चीनमा कोरोना भाइरस सामान्य बन्दै–विद्यार्थीहरु विद्यालय जान थाले


काठमाण्डौ बैशाख २५ गते । रातो तारा डट कम,कोरोना भाइरस कोभिड १९ चीनमा सामान्य बन्दै गइरहेकोछ । सबैभन्दा पहिले कोरोना भाइरसको बिरामी फेला परेको उहान सहरमा हिजो देखि विद्यालयहरु खुलेका छन् ।
 ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरु विद्यालय जान थालेका छन । विद्यालय खुले पनि विद्यार्थीहरुले विद्यालय जानुभन्दा अगाडि कोरोना भाइरस कोभिड १९ को अनिवार्य परीक्षण गर्नु पर्ने व्यवस्था गरिएको छ । साथै उनीहरुले विद्यालय भौतिक दुरीको नियम पनि पालना गर्नुपर्ने छ । चीनको अन्य प्रान्तका १२ कक्षाका विद्यार्थीहरु यसअघि गत मार्चदेखि नै विद्यालय जान थालेका थिए । पछिल्लो ३२ दिनयता वुहान मात्र नभई हुबेई प्रान्तमा नै कुनै पनि नयाँ संक्रमित फेला परेका छैनन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.