Websoft University

नोवेल मेडिकल कलेज बिराटनगर सग उपचार पाउनबाट बंजित विरामीका परिवारले क्षतिपूर्तिको माग गरे


श्याम राई-उदयपुर,गाईघाट बैशाख २४ गते । रातो तारा डट कम,कोरोना संक्रमीत जिल्लाको बासिन्दा भएकै कारण नोवेल मेडिकल कलेज विराटनगरले अपरेशन थिएटरबाट बाहिर निकालेपछि उपचार पाउनबाट बंजित विरामीका परिवारले क्षतिपूर्तिको माग गरेकाछन् ।

हात भाच्चिएर उपचारको लागि उक्त अस्पताल पुगेको त्रियुगा नगरपालिका–६ धनचक्रेका १६ वर्षिय भिम वहादुर खत्री उपचार गर्न बाट बंचित भएका हुन् ।

बैशाख १९ गते विरामीको शल्य क्रिया गर्ने चिकित्सकको सल्लाह बमोजिम सबै परिक्षणगरि अस्पतालले मागेको ३२ हजार ५ सय जम्मा गरि सकेपछि अन्तत विरामी उदयपुरको भएको भन्दै अस्पतालले शल्य क्रिया नगरी विरामीलाई रेफर गरेको थियो ।

अपरेशन थिएटर भित्र हुलेर अन्तत विरामीलाई अन्यत्र रेफर गरिदियो ।’ विरामीका ठूलोबुवा मान वहादुर खत्रीले भने । उदयपुर घर भएको विरामी भन्ने वित्तिकै तुरुन्तै अपरेशन कक्षबाट निकालियो । ‘ हाम्रो ६०, ७० हजार जति नोवेलमा खर्च भैसकेको छ । विभिन्न परिक्षण गराएर तेत्रो रकम खर्च गर्न बाध्य भयौ ।’ उनले भने , ‘शुरु मै उपचार गर्न नसक्ने भनेको भए विरामीलाई अन्यत्र लैजान्थ्र्यौ ।

उनले नोवेलमा खर्च भएको सबै पैसा अस्पतालले फिर्ता दिनु पर्ने बताए । क्षतिपूर्तिको रकम फिर्ता नपाए अस्पताल विरुद्ध कानूनी कार्यवाही गरिने समेत उनले बताए ।’
नोवेलले केहि दिन अघि पनि प्रसुती गराउन गएकी उदयपुर गाईघाटकी एक महिलालाई अपरेशन कक्षबाट अपमानजनक ढंगले निकालेको थियो । उक्त घटनाको पनि चर्को विरोध भएको थियो । गाईघाट घर भएकै कारण ति महिलालाई नोवेलले निकालेको थियो ।

घास काट्न गएको बेला खत्री बैशाख १३ गते हात माच्चिएर उपचारको लागि नोवेल अस्पताल पुगेका थिए ।
त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले उदयपुर घर भएकै कारण उपचार सेवाबाट बंचित गरिनु अस्पतालको बदमासी भएको बताए । उनले नोवेल अस्पतालले विरामीलाई क्षतिपूर्ति अविलम्ब उपलब्ध गराउनु पर्ने बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.